कक्षा ११ को परीक्षामा ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण, यसरी हेर्नुहाेस नतिजा

असोज ७, काठमाडाैं । कक्षा ११ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । गत जेठमा कक्षा ११ को परीक्षा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए ।   

बोर्डले कक्षा ११ को मानविकी, व्यवस्थापन तथा शिक्षा विषयको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको हाे । विज्ञान विषयको नतिजा साउन २३ गते नै सार्वजनिक भएको थियो। सार्वजनिक भएको मानविकी, व्यवस्थापन तथा शिक्षा विषयबाट परीक्षार्थीमध्ये ४८ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यी विषयका तीन लाख विद्यार्थी परीक्षामा सहभागी थिए। 

विज्ञान विषयमा नियमिततर्फ परीक्षामा सहभागी ४० हजार ६ सय तीन जना विद्यार्थीमध्य ७३ दशमलव ७७ अर्थात २९ हजार ९ सय ५२ जना उत्तीर्ण भएका थिए। त्यस्तै आंशिकतर्फ परीक्षामा सहभागी भएका ९ हजार ७ सय ८१ जनामध्ये ४५ दशमलव १३ प्रतिशत अर्थात ४ हजार ४ सय १४ जना उत्तीर्ण भएका थिए। 

शिक्षा ऐन शंसोधनसंगै उच्च माध्यमिक शिक्षा परिषद राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएपछि पहिलो पटक नतिजा सार्वजनिक गरिएको हो । परीक्षाफल www.neb.ntc.net.np मा हेर्न सकिने छ। 

यससँगै कक्षा ११ को ग्रेड वृद्धि (पुरक परिक्षा) को मिति समेत तोकिएको छ । बोर्डले सूचना प्रकाशित गर्दै कार्तिक ३० गते शनिवारका दिन र मंसिर १ गते आइतवारका दिन ग्रेड वृद्धिको परिक्षा दिन सकिने जनाएको छ ।   

हेर्नुहाेस सुचना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *