आमाहरुको भूमिका विषयक अर्न्तक्रिया
असोज ९, चितवन । रत्ननगर नगरपालिका वडा नम्बर १४ लाई बालमैत्री तथा बालश्रम मुक्त वडा निर्माणका लागि आमाहरुको भूमिका विषयक बिहीबार अर्न्तक्रिया कार्यक्रम गरिएको छ ।
रत्ननगर नगरपालिका र यूनिसेफ नेपालको सहयोगमा रत्ननगर उद्योग वाणिज्य संघले बाल संरक्षण तथा बाल श्रम न्यूनिकरण कार्यक्रम संचालन गरिरहेको छ । रत्ननगर १४ लाई २०७६ मंसिर सम्ममा बालमैत्री तथा बालश्रम मुक्त वडा बनाउने लक्ष्य लिईएको छ ।
सोही लक्ष्य अनुसार महिलाहरुसंग अन्र्तक्रिया कार्यक्रम गरिएको हो । सो अवसरमा महिलाहरुले वालश्रम मुक्त वडा बनाउन आफ्नो क्षेत्रबाट भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रमका सन्तोष रेग्मीले वडाको वर्तमान अवस्था र बालमैत्री तथा बाल श्रम मुक्त वडा घोषणाका लागि आमाहरुले पुर्याउन सक्ने योगदानको बारे जानकारी गराउँदै सहजीकरण गरेका थिए ।
null
कार्यक्रममा रत्ननगर नगरपालिकाका सि.एफ.एल.जी. फोकल पर्सन बिश्वास श्रेष्ठ, रत्ननगर १४ का वडा सचिव बासुदेब रिजाल, आमा समुहका तर्फबाट गायत्री निरौला लगायतले आआफ्नो धारणा राखेका थिए ।
रत्ननगर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवम् बाल संरक्षण तथा बाल श्रम न्यूनिकरण कार्यक्रमका सदस्य उपेन्द्र शर्मा आचार्यको अध्यक्षतामा तथा वडा अध्यक्ष हरि कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।