कपिलवस्तुमा ट्रयाक्टर दुर्घटना २ जनाको मृत्यु, ५ जना घाईते

भदौ २९, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा ट्रयाक्टर दुर्घट्ना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । चारनम्बरबाट कोपवा जाँदै गरेको लु ३ त ७२७२ नम्बरको ट्रयाक्टर कोपवा सडकखण्ड अगाडि अनियन्त्रित भई बाटोमा बाट तल खसेको प्रहरीले जनाएको छ ।   

दुर्घट्नामा परि ट्रयाक्टर चालक वाणगंगा १ उप्टहवा निवासी रामु थारु र  रन्जित बोटे माझीको  मृत्यु भएको प्रहरीले जनाएको छ ।  २ जना गम्भिर घाईते भउका छन् । वाणगंगा १ का जय ज्ञवाली र सोही ठाउँका १ मनिस परियारलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।   

अन्य ३ जनाको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भईरहेको कपिलवस्तु  प्रहरीले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =