सभामुख महरामाथि जवरजस्ती करणीको गम्भिर आरोप, महरा भन्छन्ः ‘सत्यता छैन’

असोज १३, काठमाडौं । संघिय संसदका सभामुख कृष्णबहादुर महरालाई एक महिला कर्मचारीलाई यौन दुब्र्यहार गरेको गम्भिर आरोप लागेको छ । शालीन एवं भद्र स्वभावका सभामुख कृष्णबहादुर महरामाथि तीनकुने बस्ने एक महिला कर्मचारीले आफुमाथी जवरजस्ती करणीको गम्भीर आरोपमा लगाएकी हुन् । संसद सचिवालयमै कार्यरत एक कर्मचारीले सभामुखबाट आफूमाथि कोठामा आएर करणी गरेको जिकिर गरेकी हुन् । 

संसदकी ती कर्मचारीले आइतबार साँझ सभामुख महराले मदिराले लठ्ठ भएर आफ्नै डेरामा श्रीमान समेत भएको अवस्थामा जवरजस्ती करणी गरेको आरोप लगाइन् । 

उनले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र कोठामा आउने–जाने पनि हुने गरेको भएपनि आइतबार भने महरा श्रीमान नभएको मौका पारेर आएर करणी गरेको दावि गरेकी छिन् । साथै ती महिलाले करणी पछि आफूले प्रहरी बोलाएको तर, प्रहरी आउनुअघि नै सभामुख महरा बाहिरिएको बताएकी छिन् ।   

ती महिलाले आफुलाई सभामुख कृष्णबहादुर महराले नै जवरजस्ती गरेको बताएपछि प्रहरीले आफ्नो कोठाको तत्कालीन अवस्थाको फोटो र भिडियोसमेत खिचेर लगेको बताएकी छिन् । यता नयाँ बानेश्वर प्रहरीले भने यसबारे कुनै जाहेरी नआएको भन्दै अन्य कुरा बोलिरहेका छन् ।   

यता सभामुख महराले भने ती महिलाले लगाएको आरोपमा सत्यता नभएको बताएका छन् । उनले ती महिला कर्मचारी समायोजनमा परेपछि आफूमाथि रीस पोखेको बताए । सभामुख महराले भने, ‘समायोजनमा बाहिर सरुवा गरिदियो, जसरी पनि मिलाइदिनुपर्यो भन्नु भएको थियो मैले सामान्य प्रशासनले समायोजन गर्छ यता दरबन्दी छैन स्वास्थ्यको पछि ल्याउँला’ भनेको प्रतिकृया दिए । उनले ती महिलाको घरमा गएको भने स्विकार गरेका छन् ।   

महराको यौनकाण्ड सार्वजनिक भएपछि नेकपामा ठूलै तरंग ल्याएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *