चितवनमा नागरीकता लिने घटे, गत वर्ष १५ हजार जनाले नागरिकता लिए

असोज २, चितवन ।  आर्थिक वर्ष २०७५/७६ मा चितवनमा करिव १५ हजार जनाले नागरीकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले गत आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा आर्थिक वर्ष २०७५/७६ मा १५ हजार २५२ जनालाई वंशजको आधारमा नयाँ नागरीकता वितरण गरिएको जानकारी दिईयो ।  

यो संख्या अघिल्लो आर्थिक वर्ष २०७४/७५  भन्दा ३ हजार ५५२ बढि हो । आर्थिक वर्ष २०७४/७५ को तुलनामा आर्थिक वर्ष २०७५/७६ मा नागरीकता बितरण १८ प्रतिशत कमी हो । अघिल्लो आर्थिक वर्षमा १८ हजार ८०४ जनालाई नागरीकता वितरण गरिएको थियो ।  

गत एक वर्षको अवधिमा ९ हजार ६४१ जनालाई प्रतिलिपी नागरीकता वितरण गरिएको, ३४ वटा वैवाहिक अंगिकृत नागरीक बितरण, १५ हजार ९५६ वटा पुरानो नागरीकता अभिलेखीकरण गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत इश्वर सिंखडाले जानकारी दिए ।  

त्यस्तै १३ हजार २० जनाले जिल्ला प्रशासन कार्यालयबाट राहदानी लिएका छन् ।  राहदानी बितरणबाट ७ करोड १ लाख ४४ हजार ५०० रुपैया राजस्व संकलन भएको छ । ४४७ वटा राहदानी वितरण गर्न बाँकी रहेको प्रशासकीय अधिकृत सिंखडाले बताए । अघिल्लो आर्थिक वर्ष भन्दा गत वर्ष राहदानी सिफारीस ०.७३ प्रतिशतले वढि देखिन्छ । प्रगति बिवरण सार्वजनिक कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सुरक्षा निकायसंगको सहकार्यमा जिल्लामा छिटफुट घटना बाहेक  शान्ती सुव्यवस्था कायम गर्न सफल रहेको बताए ।  

प्रशासन कार्यालयबाट सेवा प्रवाह सरल बनाउन केही सुधारका कामहरु भएको प्रजिअ बस्नेतले बताए । प्रशासनले सेवालाई सहज, प्रभावकारी र विश्वासिल बनाउन टोकन प्रणाली लागू गरिएको, भिडियोसहितको नागरीक वडापत्र राखिएको, हेल्प डेक्सको व्यवस्था गरि बिचौलियाहरुलाई प्रवेश निषेध गरिएको, महिला सेवाग्राहीलाई स्तनपान गराउन सहज हुने गरी छुट्टै स्तनपान कक्षको व्यवस्था गरिनुका साथै अन्य सेवाहरुको व्यवस्था गरिएको प्रजिअ बस्नेतले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *