ओली सरकारले आकाशे र उडन्ते गफ गर्यो: डा. महत

भाद्र २१, काठमाडौं । वर्तमान सरकार हावादारी प्रचारमा केन्द्रित भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले आरोप लगाएका छन् ।  शनिबार रिपोर्टर्स क्लबमा बोल्दै डा. महतले वर्तमान सरकारले आकाशे र उडन्ते कुरा गरेर समय व्यतित गरिरहेको आरोप लगाएका हुन् । 

‘सरकारले पानीजहाज, रेल ल्याउने लगायतका हावादारी कुरा गरिरहेको छ । कहिले १५ हजार अट्ने सम्मेलन केन्द्र बनाउँछु भन्छ, कहिले प्रधानमन्त्री निवास करोडौं खर्चिएर नयाँ बनाउने कुरा त, कहिले राष्ट्रपति निवासलाई फराकिलो बनाउने कुरा गर्छ ।’ उनले भने । महतले सरकारले उपभोग्य कुरामा बढि खर्च गरेको पनि गुनासो पोखे । सरकारले वास्तविक आवश्यकत्ता के हो भनेर खुट्याउन नसकेको र कार्यक्रमको प्राथमिकीकरण नै गर्न नसकेको उनको आरोप छ ।  

महतले अहिलेपनि काठमाडौंबाट धादिङ, नुवाकोट, सिन्धुपाल्चोक जाने सडकहरु अलपत्र अवस्थामा रहेको सुनाए । ‘ललितपुरका कतिपय सडकका समस्या अहिलेपनि समाधान भएकै छैनन् ।’ उनले यातायातमा अहिले भएकै पूर्वाधारलाई स्तरोन्नती गर्नुपर्नेमा जोड दिए । महतले १२ महिनै सुचारु हुने सडक बनाउनुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराए ।   

उनले अहिले विश्वका जुनसुकै मुलकको पनि मूल एजेण्डा आर्थिक विकास र समृद्धि भएको सुनाउँदै नेपालले पनि आर्थिक एजेण्डालाई आत्मसात गर्नु खुशीको कुरा भएको टिप्पणी गरे । ‘आर्थिक विकास र समृद्धि हाँसिल त कठिन एक्सरसाईजबाट मात्रै सम्भव हुन्छ । आफ्नो साधन र स्रोतलाई सही ढंगले उपयोग गर्नुपर्छ ।’ महतले भने ।   

अहिले देशमा भ्रष्टाचार, लुटतन्त्र र विभिन्न स्क्याण्डलका बारेमा कुरा उठेको पनि उनले सुनाए । ‘संसदमा पनि यी विषयहरु उठेका छन् । हाम्रो पार्टी सडकमा उत्रिनुपर्ने आवश्यकत्ता छ ।’ महतले भने ।महतले देशमा भएका तीन तहका सरकारबीच समन्वय र सहकार्य नभएको भन्दै भने,‘देशभरि ७६१ सरकार छन् । तर, उनीहरु बीचमा अधिकार र साधन स्रोतको बाँडफाँडको कारणले राम्रो सम्बन्ध छैन । अधिकारको लागि तँछाडमछाँडको अवस्था छ ।’ संघीयता कार्यान्वयनको लागि आवश्यक कतिपय कानूनहरु अझैपनि संसदबाट पारित नभएको महतको तर्क छ । 

त्यस्तै, संघीयता कार्यान्वयनको लागि आवश्यक कतिपय संरचनाहरु अझै बन्न नसकेको महतको आरोप छ । उनले भने,‘अझैपनि तीन तहका सरकारका क्षमता अभिवृद्धि भएको छैन् । विकास निर्माणका कामहरु अवरुद्ध भएका छन् ।’ विगतका सरकारले अघि बढाएका (कतिपय त रातो किताब) मा समेत परेका योजनाहरु रोकिएको उनले सुनाए । ‘सडक, सिँचाई, खानेपानी लगायतका पाँच÷सात हजार योजनाहरु अहिले रोकिएका छन् । निर्माण कार्य सुरु भएका योजनाहरु यसरी रोकिँदा विकास कसरी हुन्छ ?’ 

महतले सांसदहरुलाइ रकम दिने र जथाभावी नयाँ योजना सुरु गरिएकोप्रति आक्रोश पोखे । पछिल्लो समय विलाषीमा बढि खर्च भैरहेको उनले टिप्पणी गरे । ‘अहिले उपयोगी वस्तु, तलब, भक्तामा बढि खर्च भैरहेको छ । पुँजीगत खर्च कम छ, राजश्वले प्रशासनिक खर्च धान्दैन ।’ करदाताहरुको रकम व्यापक दुरुपयोग भएको उनको टिप्पणी छ । महतले पछिल्लो समय चुहावट बढिरहेको भन्दै भने,‘कतिपय ठूला आयोजनामा लागतहरु डबल भएका छन् ।’   

सरकारले खर्च बढाएकोमा पनि उनले असन्तुष्टि पोखे । ‘सरकारले राष्ट्रिय ऋण बढाईरहेको छ । यो वर्ष ५ सय अर्ब ऋण पुर्याएको छ । जसमा आन्तरिकतर्फ २ सय अर्ब र बाह्यतर्फ ३ सय अर्ब छ ।’ उनले २०४१ सालपछि आफूहरु सरकारमा आएपछि कुल ग्राहस्थ उत्पादनको ६० प्रतिशत ऋणलाई घटाएको पनि दाबी गरे । ‘चार वर्ष पहिले पनि हामी नै सरकारमा हुँदा जि.डि.पी.को २५ प्रतिशतमात्रै ऋण थियो, अहिले त्यो बढेर ३० प्रतिशत पुगेको छ ।’   

उनले आर्थिक वृद्धिदर ७ प्रतिशत हाँसिल गरेको भन्ने वर्तमान सरकारको दाबीमा पनि सत्यता नरहेको जिकिर गरे । उनले भने,‘सालाखाल ६ प्रतिशत वृद्धि भएको छ । ६ प्रतिशत वृद्धि हुनुपनि राम्रै कुरा हो, तर कसरी ७ प्रतिशत वृद्दिदर हासिल भयो मैले बुझेको छैन ।’ उनकाअनुसार वर्तमान सरकारले तल्लो तहसम्मै तथ्यांक बढाईचढाई गर्न दबाब दिएको आशंका छ । 

आर्थिक वृद्धिदर राम्रो हुनुमा उनले भुकम्पपछिको पुनर्निर्माण रकमको व्यवस्था र विद्युत प्राधिकरणले विद्युत चुहावट रोक्नुलाई मुख्य आधार मानेका छन् । तर, सरकारले राम्रो र नयाँ काम गरेको कारण आर्थिक वृद्धिद्धरमा सुधार नभएको उनको जिकिर छ ।  क र सदन दुवै ठाउँबाट संघर्षका कार्यक्रम सुरु गर्ने पनि उनले चेतावनी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *