बल्खुमा इसुजु सोरुम खुल्योः मोडलअनुसार डेढ लाखदेखि ४ लाखसम्म डिस्काउन्ट

भाद्र २७, काठमाडौँ । राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । 

नेपालका लागि इसुजु गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका चेयरम्यान सुहृदराज घिमिरेले शुक्रबार एक समारोहबीच उक्त सोरुम उद्घाटन गरेका हुन् । 

काठमाडौं उपत्यकाका लागि इसुजु गाडीको एक्सक्लुसिभ डिलर टाइम्स मोटर प्रालिले उक्त सोरुम सञ्चालनमा ल्याएको हो ।   

सोरुम उद्घाटन समारोहलाई सम्बोधन गर्दै चेयरम्यान घिमिरेले इसुजुका ग्राहकलाई प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन कम्पनीले देशभरीमा १५ वटा वितरण तथा सर्भिस नेटवर्क विस्तार गरिसकेको जानकारी गराए । वितरण र सर्भिस नेटवर्क अझै विस्तार गर्दै जाने उनले बताए ।   

सन् २०१६ यता कम्पनीले हजारभन्दा बढी गाडी बेचिसके पनि अहिलेसम्म एउटै ग्राहक समस्याको गुनासो लिएर नआएको उनले बताए । कम्पनीले १० हजारसम्म गाडी बेच्ने लक्ष्य राखेको र त्यसका लागि देशभर सर्भिस सेन्टर खोल्ने र नयाँ मोडलका गाडीहरु ल्याउने पनि जानकारी गराए । 

  

उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै टाइम्स मोटरका प्रबन्ध निर्देशक दिपकराज गिरीले सोरुम उद्घाटन तथा चाडपर्वको अवसर पारेर कम्पनीले इसुजुका गाडीमा मोडल अनुसार एक लाख ५० हजारदेखि चार लाख रुपैयाँसम्म छुट दिएको जानकारी गराएका छन् । 

  

उक्त सोरुममा सुरुआती मूल्य २४ लाख ९० हजार तोकिएको सिंगल क्याब, ४४ लाख ९० हजार पर्ने एस क्याब, ६८ लाख ९० हजार पर्ने भी–क्रस २।५ र जिप भेरिएन्टको एसयुभी ९क्ग्ख्० मक्स ९ःग्ह्० गाडी छन् ।   

मक्सको मूल्य एक करोड ४४ लाख ९० हजार तोकिएको प्रबन्ध निर्देशक गिरीले बताएका छन् ।   

उनका अनुसार इसुजु नेपालमा सबैभन्दा बढी वारेन्टी दिने ब्रान्डमा पर्छ ।   

इसुजुका सबै मोडलमा तीन वर्ष वा एक लाख किलोमिटरको वारेन्टी छ । ‘इसुजुका गाडीहरु कति बलिया छन् भन्ने कुरा सबैभन्दा बढी वारेन्टी दिइएबाट पनि प्रस्ट हुन्छ,’ गिरीले भने, ‘इसुजुका डिजेल इन्जिनलाई विश्वमै नम्बर वान मानिन्छ ।’ आफूहरुले ग्राहकको सन्तुष्टिलाई उच्च प्राथमिकता दिएर कारोबार गर्ने गिरीको प्रतिबद्धता गरे ।  

इसुजुको भारतस्थित प्लान्टमा एसेम्बिङ भएका गाडी कन्टिनेन्टलले नेपालमा बिक्री–वितरण गर्ने उनले बताए ।   

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका एसिस्टेन्ट जनरल म्यानेजर मञ्जित पोखरेलले यो वर्षभित्रै सर्भिस नेटवर्क १९ बनाउने र अर्को वर्षसम्ममा प्रत्येक ५० देखि १०० किलोमिटरको दुरीमा एउटा सर्भिस सेन्टर रहने व्यवस्था मिलाउने बताए ।   

कार्यक्रममा एकजना इसुजु गाडी चलाउने चालक बासुदेव घिमिरेले इसुजु बारे आफ्नो अनुभव सुनाउँदै उनले भने अरुभन्दा यो गाडी निकै शक्तिशाली र आरामदायी लागेको बताए । ‘यसको तान्ने क्षमता गज्जब लाग्यो,’   

इसुजु मोटर्स लिमिटेड जापानी कमर्सियल भेइकल र डिजेल इन्जिन निर्माता कम्पनी हो । यसको प्रधान कार्यालय जापानको राजधानी टोक्योमा छ । एक सय तीन वर्ष पुरानो यो कम्पनीले इसुजु ब्रान्डमा कमर्सियल भेइकल र डिजेल इन्जिन उत्पादन र मार्केटिङ गर्छ ।   

यसका भेइकल उत्पादन प्लान्ट विश्वका विभिन्न २८ देशमा देशमा छन् । एक शताब्दीको अवधिमा इसुजुले दुई करोड ८० लाख थान डिजेल इन्जिन उत्पादन गरिसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =