आर्थिक चलखेलमा भर्ना गर्न लागिएकाे भन्दै बीर अस्पतालमा बिरोध

असोज १०, काठमाडौँ ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालले  आर्थिक चलखेल र आफन्त भर्तीमा  २५ जना स्टाफ नर्स भर्ना गर्न लागेमा भन्दै  कर्मचारी संघ बिरोधमा उत्रेको छ ।   

कर्मचारी संघले यस अस्पतालले नियम बिपरित गएर खुला प्रतिस्पर्धा नै नगरी आर्थिक चलखेल र आफन्तको आडमा २५  जना स्टाप नर्स भर्ना गर्न लागेकोले बिरोधमा उत्रिएको जनाएको छ ।   

उनीहरुले भर्ना सम्बन्धी  कुनै विज्ञापन नै ननिकाली चुपचाप रुपमा  कर्मचारी भर्ना गरेको भन्दै  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गरेका छन् ।   

Image result for वीर अस्पतालमा विरोध

तर अस्पताल प्रशासनले भने हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पदपूर्ति समिति पदाधिकारी विहीन रहेको र तत्काल जनशक्ति अपुगका कारण विरामीको उपचारमै बाधा उत्पन्न भएपछि करारमा केही स्टाफ नर्स भर्ना गर्न नियम अनुसारनै कारवाही चलाइएको बताएको छ ।   

तर वीर अस्पताल प्रशासनले भने शुक्रबारबाटै स्टाफ नर्सको अन्तर्वार्ता लिन थालि सकेको जनाईएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *