सरकारले गैर उत्पादनशील क्षेत्रमा जथाभावी खर्च गर्यो: पूर्व अर्थमन्त्री महत

असोज १, काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले विकासको सम्भावनाको सबैभन्दा ठुलो क्षेत्र नै जलविद्युत रहेको बताएका छन् ।   

बुधबार आयोजित जलविद्युत आयोजनाहरुको अवस्था र लगानी मैत्री वातावरण विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै डा. महतले यस्तो बताएका हुन् । सम्भावना प्रशस्त भएतापनि लगानी निकै कम भएको उनको भनाइ छ ।   

कार्यक्रममा उनले सरकारले निजी क्षेत्रलाई बोलीमा मात्रै नभइ व्यवहारमै प्रोत्साहन गर्नुपर्ने बताए । उनले भने, ‘जलविद्युत क्षेत्रलाई अनावश्यक रुपले हस्तक्षेप गर्ने, निजी लगानी क्षेत्रलाई हतोत्साहित पार्ने खालका प्रस्ताव संसदमा आइरहेको सुनेको छु । सरकारले निजी लगानी क्षेत्रलाई हतोत्साहित पार्ने होइन, प्रोत्साहन दिनुपर्छ । ब्याजरमा सहुलियत दिनुपर्छ । यसले देशको चौथर्फी विकासमा मद्दत पुग्छ ।’ 

Image result for पूर्व अर्थमन्त्री डा. रामशरण महत

तीन तहको सरकारको हरेक तहमा वित्तिय वेथिति रहेको भन्दै उनले सरकारले गैर उत्पादनशील क्षेत्र तथा उपभोगमा जथाभावी खर्च गरिरहेको पनि आरोप लगाए । निजी क्षेत्रले कानून विपरित काम गरे कारवाही हुनुपर्ने पनि उनले स्पष्ट पारे ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twenty =