‘नेपाललाई भिखमंगा मुक्त देश बनउँछौंः प्रधानमन्त्री ओली

असोज १३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  सोमबार ललितपुरको भैंसेपाटीमा मन्त्री निवासको भवन शिलान्यास गर्दै असन्तुष्टि जनाएका छन्  । 

उनले भवन शिलान्यास कार्यक्रमा सरकारको राम्रो काम गरिरहे पनि निराशा फैलाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका हुन् । 

उनले नेपालमा वाक स्वतन्त्रता भएकै कारणले धेरै घटनाहरु हुने गरेको बताए । उनले भने ‘नेपालमा वाक स्वतन्त्रता छ, त्यसको प्रयोग गर्न पाइन्छ’ जसको कारणले सरकारको राम्रो काम गरिरहे पनि निराशा र असन्तुष्टि फैलाउन खोजिएको बताए । 

‘स्वस्थ ढंगले आलोचना गर्नु एउटा कुरा हो । नन इस्युलाई इस्यु बनाएर जसरी पनि विरोध गर्ने सिलसिला चलेको छ । यी सिलसिला चलिरहन्छन् सरकार आफ्ना उद्देश्यमा अडिग छ ।’ उनले भने 

प्रधानमन्त्री ओलीले दुस्ख पाएर सडकमा बसेको देखे सरकारलाई खबर गर्न आग्रह गर्दै उनेले भने  ‘नेपाललाई भिखमंगा मुक्त देश बनउँछौं, सडक मानव मुक्त बनाउँछौं । दुख पाएर, बेसाहारा भएर सडकमा कोही देखिनुपर्दैन’,  ‘अलपत्र अवस्थामा देखिन्छ भने सरकारलाई त्यस्तो कुराको जानकारी दिनुस् सरकारले त्यसको व्यवस्था गर्छ ।’ 

प्रधानमन्त्री ओलीले आवास नपाएर बेसाहारा र बेबारिसे अवस्थामा कसैलाई बस्न नदिने बताउँदै अबको एक वर्ष भित्रमा काठमाडौँमा मेलम्चीको खानेपानी आउने बताए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *