खेल मैदानमा पनि नेताकै परेड, आईजीपी खनाल तेक्वान्दो संघका उपाध्यक्ष, डन चक्रे मिलन क्याकारिसन करातेका अध्यक्ष, झिनामसिनामै अल्झिए मुख्यमन्त्री

असोज ४, काठमाडौँ । आज प्रकाशित राष्ट्रिय दैनिकहरुमध्ये अधिकांशले संविधान दिवस मनाइएको विषलाई प्रमुख समाचारको रुपमा छापेका छन् भने कतिपयले अन्य विषलाई नै प्रमुख समाचार बनाएका छन् ।
कान्तिपुर दैनिकको भने फ्रन्ट पेजमा ‘झिनामसिनामै अल्झिए मुख्यमन्त्री’, ‘यार्चा बेचेर मोटरसाइकल’, र ‘प्रहरी थप्न सिफारिस्’ शीर्षकमा समाचार छापिएको छ ।
त्यसैगरी आजको अन्नपूर्ण पोस्टले नेपाल भ्रमण वर्ष सन् २०२०’ को विषयको समाचालई प्रमुख समाचारको रुपमा छापेको छ । अन्नपूर्ण पोस्टमा ‘नेपाल भ्रमण वर्ष २०२०ः ‘लक्ष्य ठूलो, तयारी सुस्त’, खुला दिसामक्त कागजमै’ शीर्षकमा समाचार छापेको छ ।

आजको नयाँ पत्रिका दैनिकले ‘खेल मैदानमा पनि नेताकै परेड’, आईजीपी खनाल तेक्वान्दो संघका उपाध्यक्ष’, ‘डन चक्रे मिलन क्याकारिसन करातेका अध्यक्ष’, ‘तय भयो सी जिनपिङको राजकीय भ्रमणः आसोज अन्तिम साता काठमाडौँ आउने, एकरात बसेर बेईजिङ फर्किने’ शीर्षकमा समाचार छापिएको छ ।
अन्य पत्रपत्रिकाहरु गोरखापत्र दैनिक, नागरिक दैनिक, राजधानी दैनिकले भने शुक्रबार मनाइएको संविधान दिवसकै विषयलाई फरकफरक रुपमा प्रमुख समाचार बनाएका छन् ।








