यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका पूर्व सांसद धरौटीमा रिहा
२०७६ असोज १ गते

असोज १, काठमाडौं । सार्वजनिक यातायातमा युवतीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका पूर्व सांसद योगेन्द्र घिसिङ धरौटीमा रिहा भएका छन् ।
भदौ २३ गते कलेज पढ्ने एक युवतीमाथि ललितपुरमा सार्वजनिक बसमा यौन दुर्व्यवहार गरेको आरोपमा महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पूर्व सांसद घिसिङलाई नियन्त्रणमा लिएको थियो । उनी मंगलबार ५ हजार धरौटी तिरेर रिहा भएका हुन् ।
प्रहरीले पीडित युवतीको जाहेरी लिएर घिसिङलाई अभद्र व्यवहारमा मुद्दा दायर गरेर ७ दिनको म्याद लिएर अनुसन्धान गरेको थियो ।

घिसिङ माओवादी केन्द्रबाट ललितपुरबाट समानुपातिकमा सांसद भएका थिए ।
२०७६ असोज १ गते
प्रतिक्रिया
सम्बन्धित








