डा. यादवलाई भारतको प्रतिष्ठित ‘जेपी मोदी लाइफटाइम अचिभमेन्ट अवार्ड’

भाद्र २९, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा.विएन यादवले भारतको प्रतिष्ठित अवार्ड पाएका छन् । प्रतिष्ठानका फरेन्सिक विशेषज्ञ डा. विश्वनाथ यादव भारत सरकारले प्रदान गर्ने ‘जेपी मोदी लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका हुन् ।   

राजधानीमा जारी इन्टरनेशनल इन्डियन एशोसियन अफ मेडिको लिगल एक्स्पर्टले डा. यादवलाई उक्त प्रतिष्ठित अवार्ड प्रदान गरेको हो ।   

‘जेपी मोदी लाइफटाइम अचिभमेन्ट अवार्ड’ लाई फरेन्सिक चिकित्सकलाई प्रदान गरिने भारतको प्रतिष्ठित अवार्ड मानिन्छ । यो अवार्ड भारतका पहिलो फरेन्सिक विशेषज्ञ तथा वैज्ञानिक जेपी मोदीको नाममा उत्कृष्ट काम गर्ने फेरेन्सिक विशेषज्ञलाई प्रदान गरिन्छ । डा. यादवले फरेन्सिक क्षेत्रमा गरेको योगदानको मुल्यांकन गर्दै उनलाई अवार्डद्वारा सम्मानित गरिएको हो ।   

डा. यादव वीपी प्रतिष्ठानमा कार्यरत भएपनि यतिबेला राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षसमेत रहेर काम गरिरहेका छन् । फरेन्सिक मेडिसिनमा अल इन्डिया इन्टिच्यूट अफ मेडिकल साइन्स नयाँ दिल्लीबाट एमडी गरेका डा. यादवले अवार्ड पाएर आफुलाई गौरब लागेको तथा फरेन्सिक क्षेत्रमा अझ काम गर्ने, अनुसन्धान गर्ने हौसला प्राप्त गरेको बताए ।   

काठमाडौँमा जारी मेडिको लिगल सम्मेलनमा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरुका फरेन्सिक विशेषज्ञहरुको सहभागिता रहेको छ । सम्मेलन नेपालले इन्टरनेशनल इन्डियन एशोसियन अफ मेडिको लिगल एक्स्र्पटसँग मिलेर संयुक्त रुपमा आयोजना गरेको हो । बिहिबार देखि सुरु भएको सम्मेलन आज आइतबारसम्म चल्नेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *