राँगोले उपध्रो मच्चाउँदा प्रहरीले गोली चलायो, तीन जना घाइते

असोज ७, काठमाडौं । राजधानीमा मःम बनाउन तराईबाट ल्याइएको राँगा फुत्केर उपध्रो मच्चाएपछि प्रहरीले गोली हानी मारेको छ । आज विहान स्वयम्भू क्षेत्रबाट फुत्किएको राँगाले मान्छे हान्दै न्यूरोड पुग्दा तीन जना घाइते नै भए । 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बिहान चार बजे स्वयम्भू क्षेत्रबाट राँगा फुत्केको हो । मान्छेलाई हान्दै न्युरोड आइपुगेको राँगालाई प्रहरीले गोली हानेर मारेको छ । 

प्रहरीले विहान साढे ६ बजे न्युरोड पुगेको राँगोलाई गोली हानी ढलाएको थियो । प्रहरीका अनुसार बिहानैको घटना भएकाले ठूलो क्षति भने हुन पाएन । महानगरीय प्रहरी बृत्त जनसेवाका प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले राँगाले हानेर तीन जना घाइते भएको जानकारी दिए ।   

null

उन्मत्त भएर कुदेको राँगाले एउटा ट्याक्सीमा समान्य क्षति समेत र्पुयाएको छ ।  प्रहरीले घाइतेको विवरण संकलन भइरहेको जनाएको छ । 

 स्वयम्भूबाट राँगा भाग्दै कालिमाटी आएपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि कालिमाटीबाट राँगा पछ्याउँदै प्रहरी न्युरोडसम्म आइपुगेको थियो ।  

अहिले मरेको उक्त राँगा नगरपालिकामा राखिएको छ । प्रहरीले राँगा धनीको खोजी गरिरहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *