हातेमालो गरेर समृद्धीमा जुटौ

असोज १२, चितवन । चितवनको कालिका नगरपालिकाले वडादशै,तिहार तथा छठ पर्वको अवसर पारेर आईतवार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नगरवासीदेखी प्रतिनिधी सभा सदस्यको उपस्थितीमा कार्यक्रम गरिएको थियो । 

 कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य तथा प्रतिनिधी सभाको कानुन, न्याय तथा मानव अधिकारी समिति सभापति कृष्ण भक्त पोखरेलले अव विरोध गर्ने, आलोचना गर्नु भन्दा पनि सहकार्य गरेर मुलुक निर्माणमा लाग्नु पर्ने बताए । राजनितिक आन्दोलन सकियो प्रतिनिधी सभा सदस्य पोखरेलले भने – आलोचना,विरोध गर्ने होईन हातेमालो गरेर समृद्धी र सृजनाको काम गर्नुपर्छ ।  

नेपालीहरुले मनाउने चाडपर्वले नेपालीहरुलाई एकतावद्ध गराउन मद्यत पुर्याउने पोखरेलको विश्वास थियो । प्रदेश सभा सदस्य घनश्याम दाहालले तीनै तह मिलेर विकासको गतिलाई तीव्र पार्नु पर्नेमा जोड दिए ।  

उनले चाडपर्वलाई बाेझिलो र खर्चिला बनाउन नहुने सुझाव दिए । अर्का प्रदेश सभा सदस्य मिलनबावु श्रेष्ठले देशमा बढ्दो भ्रष्टचारलाई निरुन्साहित गर्न सबै पक्षमा लाग्नु पर्ने बताए । कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले नगरलाई नमुनाको रुपमा विकास गर्न नगरपालिकाले योजना बनाईरहेको उल्लेख गर्दै त्यसका लागि नगरवासीको सहयोग आवश्यक पर्ने बताए । 

 नगर प्रमुख श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले स्वागत मन्तव्यसहित शुभकामना व्यक्त गरेका थिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 11 =