ट्वाइलेटमा बसेर मोबाइल चलाउनेहरू सावधानः ज्यान जान सक्ला हैँ

असाेज ३ । अहिले मोबाइल धेरै मानिसको जीवनको अभिन्न अंग नै बनेको छ । जसको हातमा हेर्दा पनि मोबाइल नै देखिन्छ । हरेक मानिसको नजिकको साथि मोबाइल नै बनेपछि मानिसहरु जतिबेला पनि मोबाइलमै झुन्डिने गर्छन् । बिहान उठ्दा देखी बेलुका सुद्दासम्म हरेक मानिसको साथमा मोबाइल नै हुन्छ । मोबाइलमा आफुले खोजेको धेरै कुराहरु पाइने हुनाले मोबाइलमा नै झुन्डिने हरेकको बानि भइसकेको छ । 

धेरैलाई थाहा छैन की मोबाइलको धेरै प्रयोग गर्नाले हाम्रो शरिरमा कति असर पर्छ । अहिलेका युवायुवती त झन ट्वाइलेटमा बस्दा समेत मोबाइल हेर्ने गर्छन् । तर ट्वाइलेटमा नै बसेर मोबाइल चलाउनु भनेका आफ्नै स्वास्थ्यको खेलबाड गर्नु हो । यदि ट्वाइलेमा बस्दा मोबाइल प्रयोग गरेमा हाम्रो स्वास्थ्यमा गम्भिर समस्या देखा पर्छ । जतिबेला तपाई ट्वाइलेटमा पानी हाल्नुहुन्छ त्यतिबेला युरिन माथि आउछ । उक्त युरिन हावामा मिसिन्छ । तपाइले जति ट्वाइलेटमा ‘फ्लस’गर्नुहुन्छ । त्यति युरिन तथा फोहोर वस्तुहरु हावामा मिसिन्छ र संक्रमण हुन्छ । 

त्यस्तै ट्वाइलेटमा राखिने ‘पेपर होल्डर’मा पनि किटाणु हुने गर्छ । उक्त किटाणु भएको ‘पेपर होल्डर’मा हाम्रो मोबाइल राख्ने बानि हुन्छ । त्यति नै बेला मोबाइलमा ‘पेपर होल्डर’बाट इ–कोइल, सालमोनेला, सि–डिफिसाइलजस्ता ब्याक्टेरिया सल्किने गर्छ । त्यसपछी उक्त मोबाइल हामिले दिनभर र रातभर चलाउने गर्छौ । त्यहि हातले खाना पनि खान्छौ । त्यसैले यदि हामि ट्वाइलेटमा मोबाइल बोकेर गयौ भने आएपछी मोबाइल सफा गर्नुपर्छ । एजेन्सी 

Image result for ट्वाइलेटमा  मोबाइल चलाउने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *