मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

चितवनमा म्याजिक भ्यान पल्टिँदा एकको मृत्यु

फाइल फाेटाे 

भाद्र ३१, चितवन । भरतपुर महानगरपालिका–१ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा माडी नगरपालिका–४ शीतलपुर बस्ने २२ वर्षीया निशा नेपाली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

Image result for म्याजिक भ्यान

रामनगरबाट आँपटारीतर्फ आउँदै गरेको ना १ ज ५२९९ नम्बरको सो म्याजिक भ्यान आफैँ अनियन्त्रित भई पल्टिँदा उनको मृत्यु भएको हो ।म्याजिक पल्टिँदा त्यसमा सवार चार घाइते भएकोमा नेपालीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

अन्य तीन जना सामान्य उपचारपश्चात् घर फर्किएका छन् । म्याजिक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । रासस 

  

  

प्रतिकृयाहरु
Loading...