बसभित्र बालिकालाई बलात्कार गर्ने सहचालक पक्राउ

भाद्र ३०, काठमाडौँ । सोमबार बिहान प्रहरीले काठमाडौँको मनमैंजुमा बसभित्रै ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा बसका सहचालकलाई पक्राउ गरेको छ ।   

बलात्कार गरेको आरोपमा तारकेश्वर नगरपालिका–१० मनमैंजुस्थित शुभकामना चोक बस्ने भोजपुर हचुवागढी गाउँपालिका ३ का ३६ वर्षीय एल्जित राई  पक्राउ परेको हो । 

बा ४ ख ८२ नम्बरको बसमा सहचालकको काम गर्दै आएका राईले बसभित्र ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्नुका साथै उनकी १० वर्षीया साथीलाई अनैतिक क्रियाकलाप गरी बालिकालाई उनीहरुकै कोठामा छाडेको प्रहरीले जनाएका छन् ।   

Image result for बसभित्र बालिकालाई बलात्कार गर्ने सहचालक पक्राउ

पक्राउ परेका राईमाथी कारवाहीको लागि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *