दोलखामा खोलाले कार बगायो, एकको मृत्यु, दुई घाईते

भदौ २०, दोलखा । बिहीबार रातिको अविरल बर्षाको कारण दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर १ मा पर्ने सुन्द्रावती खोलाले कार बगाउँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  

विहिवार राति करिब १२ बजेतिर सिंगटीबाट चरिकोटतर्फ जाँदै गरेको बा १९ च ४३९० नम्बरको इस्र्पोटस कारलाई सुन्द्रावति खोलामा आएको कज वेको भेलले बगाउँदा कारमा सवार दोलखा तामाकोशी गाँउपालिका वडा नम्बर ३ जफेका २४ वर्षीय अनिष पोखरेलको मृत्यु भएको हो । 

मृतक पोखरेललाई बगाएको कारलेनै किचेको अवस्थामा शुक्रबार (आज) विहान निकालिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक मानबहादुर राईल जानकारी दिए ।   

दुर्घटनामा घाईते तामाकाशी गाँउपालिका वडा नम्बर ३ जफेकै विकज पोखरेल र रामेछाप जिल्ला लिखु तामाकोसी गाँउपालिका वडा नम्बर २ पवन पौडेलको सदरमुकाम चरिकोट स्थित च्छो रोल्पा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।   

उक्त कारलाई भेलले बगाएर सडकबाट झण्डै २० मीटर तल खसालेको छ । कज वे मा ढुङ्गा भएको र अत्यधिक पानीका कारण ढुङ्गा नदेखिएकाले उक्त दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *