ट्रक यातायात व्यसायीद्धारा निर्वाध रुपमा यातायात सञ्चालन गर्न माग

असाेज १३, काठमाण्डौ ।  ट्रक यातायात व्यसायीद्धारा निर्वाध रुपमा यातायात सञ्चालन गर्नु पर्ने माग गर्दे यातायात व्यवस्था  विभागलाई ध्यानर्कण गराएको छ । 

नेपालीहरुको चार्ड दशैंलाई लक्षित गरि असोज १२ गते देखि असोज १८ गते सम्म ठूला मालबहक सवारी साधनलाई चितवनको नारायणगढमै रोक्ने निर्णय गरेपछि महासंघले यातायात व्यवस्था विभागलाई यातायात सञ्चालन गर्न माग गरेको हो । 

महासघले भने विभागलाई ध्यानार्कषण गराउदै धेरै मालबहाक सवारी साधनहरु चाड पर्वलाई लक्षित गरेर आवश्यक दैनिक उपभोग्य  समाग्रीहरु लिई आएका नेपालको पूर्व र पश्चिम सिमाना देखिनै लोड भई आएकोले र नौविसे नागढुगा सडक खण्डमा त्यति धेरै जाम समस्या नभएको र भारतीय लामा टेलर लहरी र अत्याधिक भारवहन गरेका सवारी साधनहरुवाट मात्रै जाम भएको कारण नेपाली ट्रकहरुलाई निर्वाध रुपमा सञ्चान गर्न परिपत्र गरिएको नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बिनियाँले बताए ।   

Image result for ट्रक यातायात व्यवसायी

भारतीय लामा लहरी तथा टेलरका कारण मात्र जाम समस्या भएको भन्दै राजधानी लगायत पहाडी जिल्लाहरुमा पुयाउनु पर्ने आवश्यक खाद्ययन लगायत दैनिक उपभौग्य बस्तुहरु नपुक्दा महङगी समस्याले जनताहरुमा झन मार पर्ने भएको हुदा नेपाली ट्रकहरुलाई सञ्चालन गरिनु पर्ने माग गरेको छ । 

महासंघले हाल पानी पनि नपरेको र गाडी जाम समस्या नदेखिएकोले नेपाली ट्रकहरुलाई सहजिकरण गरेर सञ्चालन तथा व्यवस्थापनमा ल्याउनुपर्ने महासंघले जनाएको छ । सरकारले नौविसे नागढुगा सडक खण्डमा अत्यिाधिक जाम भएको र विरामीको मुत्यु भएको भन्दै ६ दिनका लागि ठूला मालबहक सवरीलाई रोक लगाउने निर्णय गरेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *