प्रधामन्त्रीको स्वस्थ्य सामान्य अब कामलाई निरन्तरता दिन सक्ने

भाद्र २०, काठमाडौँ । शुक्रबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य भएको  ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले जानकारी दिएकी छिन् । 

डा. सिंहले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अब प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भएको र  नियमित काम गन सक्ने जानकारी दिएकी हुन् ।   

प्रधानमन्त्री ओली भाद्र ५ मा पुनः  सिंगापुरको  नेसनल यूनिभर्सिटी अस्पतालमा १५ दिन बसेर उपचार गराइ  आज शुक्रबार स्वदेश फर्किएका हुन् ।   

Image result for शुक्रबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली

विज्ञप्तीमा सिंहले विज्ञप्तिमा प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल (एनयूएच) मा पूरा भएको र उनले अब आफ्नो नियमित कामलाई निरन्तरता दिनसक्ने जानकारी दिएकी हुन्। विज्ञप्तिमा लेखिएको छ, ‘हाल उहाँको स्वास्थ्य अवस्था सामान्य छ र आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुन्छ।’ 

यो भन्दा अघी प्रधानमन्त्री ओली साउन १८ गते उपचारकै लागि सिंगापुर गएर साउन २७ गते स्वदेश फर्किएका थिए । त्यतीबेला उनले आफ्नो स्वास्थ्य अवस्था ठिक भएको भने पनी यसरी विज्ञप्ती नै जारी भने गरिएको थिएन् ।   

आज प्रधानमन्त्री सँगै उनकी श्रीमती राधिका शाक्य, स्वकीय सचिब राजेश बर्जाचार्य,  प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाह पनी स्वदेश फर्केका हुन् ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *