उप–निर्वाचनका लागि विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन नसकिने

असोज २, काठमाडौँ । संसदको राज्य व्यवस्था समितिको बैठकमा आसन्न उप–निर्वाचनका लागि विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन नसकिने बताईएको छ ।   

बिहीबार बिहान बसेको उक्त  बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसको लागि प्राविधिक हिसाबले ठूलो तयारी र गृहकार्य आवश्यक रहेकोले भन्दै हालै सम्भव नभएको जानकारी दिँदै यस्तो बताएका हुन् ।   

तर  उनले यसपछिका निर्वाचनमा त्यो व्यवस्था लागु गर्नका लागि निर्वाचन आयोगले अध्ययन गरिरहेको बताए। धेरै संख्यामा नेपाली मतदाताहरु विदेश भएकाले रहेकाले यस अघी  सर्वोच्च अदालतले  पनि उनीहरुलाई विदेशबाटै मतदानको व्यवस्था मिलाउन निर्देशनात्मक आदेश दिएको थियो ।   

तर थपलियाले भने ‘सर्वोच्चले निर्देशनात्मक आदेश दिए पनि अहिले हामी अध्ययनकै क्रममा छौँ, विदेशबाट मतदानका लागि प्राबिधिक रुपमा पनि धेरै तयारी गर्नुपर्ने हुन्छ, मतदानको निष्पक्षताको पनि प्रश्न उठ्ला’, ‘त्यसैले विदेशबाटै मतदान उप निर्वाचनमा सम्भव छैन ।’ 

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *