विश्व प्रेस काउन्सिलको महासचिवमा प्रेस काउन्सिल नेपालका किशोर श्रेष्ठ चुनिए

भदौ २७ , काठमाडौं । अजरबैजानमा शुक्रबार सम्पन्न विश्व प्रेस काउन्सीलको सम्मेलनबाट प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ  सर्वसम्मत महासचिव चुनिएका छन्  । 

उक्त सम्मेलनमा भारत, टर्की,  श्रीलंका,  जिम्बाबे, केन्या, तान्जानिया अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बंगलादेश, साइप्रस, म्यानमार लगायत देशका प्रेस काउन्सीलको प्रतिनिधित्व रहेको  थियो ।  

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै आफूलाई सर्वसम्मतिले जिम्मेवारी दिने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले लेखेका छन्, ‘यो विजय व्यक्तिगत रुपमा मेरो मात्र होइन, समग्रमा नेपालको सामूहित जित हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *