एन आई सी बैंक र ग्लोबल कि टेक्नोलेजिजबीच सम्झौता

भाद्र १८, काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेड र ग्लोबल कि टेक्नोलेजिजबीच क्यास ब्याकको सम्झौताको सम्झौता भएको छ ।
यस बैंक र ग्लोबल कि टेक्नोलेजिजबीच रिचार्जर एपबाट एन आई सी एशियाको मोबाइल बैंक प्रयोग गरी QR मार्फत् वान प्लस सेभेन (One Plus 7) मोबाइल फोन खरिद गर्दा १०% क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौता अनुसार रिचार्जर एप तथा वेभसाईट प्रयोग गरी वान प्लस सेभेन (One Plus 7) मोबाइल फोन किन्दा एन आई सी एशिया बैंकको मोबाइल बैंक (QR) मार्फत् भुक्तानी गर्दा १०% क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।

अन्य बैंकको मोबाइल बैंकिङ मार्फत् वान प्लस सेभेन(One Plus 7) मोबाइल फोन खरिद गर्दा भने ५% क्यास ब्याक प्राप्त गर्न सकिनेछ । यो योजना भाद्र १८ देखि आश्विन १ गते सम्मका लागि लागू हुनेछ ।
सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र ग्लोबल कि टेक्नोलेजिजको तर्फबाट कम्पनीका अध्यक्ष किसन राईले हस्ताक्षर गरेका छन् ।









