संचारकर्मी रवि लामिछाने किन पुगे उच्च अदालतको शरणमा ?

भाद्र १७, काठमाडौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका संचारकर्मी रवी लामिछाने सहित युवराज कँडेल उच्च अदालत हेटौँडा पुगेका छन् । 

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेकाे आरोपमा पक्राउ परेका लमिछाने र कँडेल धरौटीमा छाड्न दिएको आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन दिन पुगेका हुन् ।   

साउन २० गते चितवनको होटल कंगारुमा आत्महत्या गरेका पुडासैनीले मृत्यु हुनु भन्दा अघी आफूले आत्महत्या गर्नुको कारण लामिछाने, कँडेल र रुकु भन्ने  अस्मिता कार्की भएको भन्ने भिडियो सार्वजनिक भएपछी रवी लगायत तीनै जना पक्राउ परेका थिए ।   

Image result for yubaraj kadel

 पक्राउ परेका तीनै जना चितवन जिल्ला अदालतकाे थुनछेक बहसपछि लामिछाने पाँच लाख रुपैयाँ, कँडेल तीन लाख रुपैयाँ र कार्की साधरण तारेखमा रिहा भएका थिए ।   

अदालतका उक्त आदेश प्रति असन्तुष्टी  जनाउँदै लामिछाने सहित कँडेलले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरिपाऊँ भनी उच्च अदालत अदालतमा निवेदन दर्ता गराएका छन् । 

बुधबार उनीहरुको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्ने उच्च अदालत हेटौंडा इजलासले जनाएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *