विश्व मुटु दिवसकाे अवसरमा अल्का अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर

असोज १२, ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले विश्व मुटु दिवसका अवसरमा आइतबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।   

‘स्वस्थ्य मुटु सुरक्षितभविष्य’भन्ने नाराका साथलायन्स क्लवअफ काठमाडौं अल्का र लियो क्लवअफ काठमाडौं अल्काको सहयोगमा अस्पतालले अस्पताल प्राङगणमा शिविर आयोजना गरेको हो।   

मुटु दिवसका अवसरमा अल्का अस्पतालले विरामीहरुका लागि विभिन्न ल्याव परीक्षणमा छुट दिएको छ।  इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निशुल्क गरिएको अल्का अस्पतालले जनाएको छ।   

मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकले सिफारिस गरेका परीक्षणहरु निशुल्कगरिएको अल्का अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिलिप थापाले बताए। उनका अनुसार निःशुल्क शिविरका जाँच गरिएका विरामीहरुलाई १० दिन सम्मका लागि औषधि पनि निशुल्क वितरण गरिएको छ। 

शिविरमा जाँच गरेकाहरुको  १४ दिन सम्ममा एक पटक फलो अपमा आउँदा ओपिडी चार्ज नलाग्ने अस्पतालले जनाएको छ। विश्वमा हरेक वर्ष मुटु सम्बन्धि १७ लाख भन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।   

नेपालमा भने  २६ लाख मानिसमा कुनै न कुनै मुटु सम्बन्धि रोग लागेको विश्व स्वास्थ्य संगठनको तथ्थांकमा उल्लेख रहेको छ। धुमपान, मद्यमा ननगर्ने, चिल्लो पिरो नखाने, माछामासु कमखाने र दैनिक ब्यायाम गरे मुटु रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *