प्रधानमन्त्रीले भने नयाँ प्रधानमन्त्री निवास म बस्नलाई होइन

असोज २, काठमाडौँ । बिहिबार बालुवाटारमा बन्न लागेको नयाँ प्रधानमन्त्री निवासको शिलान्यास गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त निवास  आफ्नो लागि नभएको पनि बताएका छन् । 

उनले भने, ‘म अहिले ४१ औं प्रधानमनत्री छु । यो भवनमा १ सय ४१ औं, २ सय ४१ औं प्रधानमन्त्री पनि बस्न पाउनुहुन्छ । यो भवन रंगरोगन गर्दागर्दै मेरो कार्यकाल सकिन्छ र मपछिका प्रधानमन्त्रीहरु बस्न पाउनुहुन्छ ।’   

प्रधानमन्त्री  ओलीले बाह्य दवाव र प्रभाव पर्न नदिन संघीय संसद भवन सरकारले आफ्नै लगानीमा बनाउन सुरु गरेको बताएका छन् । 

संसद भवनका लागि किन धेरै खर्च गरेको भन्दै आलोचना गर्नेहरुलाई उनले देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था, नीति, निर्माण गर्ने संस्था त्यसलाई स्वतन्त्र ढंगले अघि बढाउन पनि आफ्नै लगानीमा सो भवन निर्माण गर्न लागिएको बताए ।   

उनले  संसद भवनमा ठूलो लगानी भयो भनेर आएको टिप्पणीलाई नकारात्मक मानसिकताको संज्ञा दिँदै समेत दिएका छन् ।   

प्रधानमन्त्री ओलीले अबका प्रधानमन्त्री छिटोछिटो परिवर्तन नहुने भन्दै उनले त्यसका बाबजुद धेरै प्रधानमन्त्रीले यस भवनमा आफ्नो कार्यकाल समय बिताउने समेत दावी गरेका छन् ।   

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *