विराटनगरस्थित घोघापुलमा हस्पिटल एण्ड ट्रमा केयर सेवा शुरु, जेष्ठ नागरिकलाई ५०% छुट

आसोज २ विराटनगर । विराटनगर घोघापुलमा जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर प्रा.लि.मंगलबारदेखि सञ्चालनमा आएको छ । करिब ६ करोडको लागतमा शुुरु भएको अस्पताल प्रदेश १ का सामाजिक तथा विकास मन्त्रि जीवन घिमिरेले उद्घाटन गरे । अस्पतालको ओ.पी.डी सेवा शुरु भएको छ ।
तीन जना दाजुभाईको संयुक्त लगानीमा सञ्चालनमा आएको सो अस्पतालमा १५ शैया रहेको छ । जेष्ठ नागरिकलाई ५०% छुट, आर्थिक रुपमा कम्जोर रहेका बिरामीको अवस्था बुझेर छुट दिने साथै सुगर प्रेसरका नियमित जाँचलाई ३६५ दिन छुट रहेको अस्पतालका अध्यक्ष जय प्रकाश रायले बताए ।
न्युनतम शुल्कमा दक्ष जनशक्तिद्धारा उच्चस्तरीय स्वास्थ्य उपलब्ध गराउने उदेश्यले अस्पताल संचालनमा ल्याएको रायलले बताए । अस्पतालमा २४ घण्टे आपत्कालीन सेवामा प्रयोगशाला, एक्सरे, अल्ट्रासाउण्ड, अपरेसन, प्रसुति तथा शल्यक्रिया सेवा, औषधालयलगायतका सेवाहर उपलब्ध हुने छ ।

त्यस्तै नाक, कान तथा घाँटी सम्बन्धी, फिजिसियन तथा कार्डियोलोजि, हार्ड जोड्नी तथा नशा रोग बाथ सम्बन्धी नवजात शिशु तथा बाल रोग विशेषज्ञ लगायतका सेवा उपलब्ध रहने अस्पतालका अध्यक्ष रायले जानकारी दिए ।
अस्पतालमा न्यूरो लोजिष्ट डा.सन्तोष झा, बरिष्ठ हाड जोर्नी नशा बाथरोग विशेषज्ञ डा.महेन्द्रप्रसाद महतो, बालरोग विशेषज्ञ डा.फडिन्द्र साह, वरिष्ठ फिजिसियन डा. विनोद यादव, वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सविना लामिछानेलगायतका चिकित्सकहरुले सेवा प्रदान गर्ने अस्पतालले जानकारी दिएको छ ।
अस्पताल संचालन भएको दिन देखि १५ दिनसम्म सम्पूर्ण ओ.पी.डी सेवा निःशुल्क गर्ने अस्पतालले व्यवस्था गरेको छ ।









