मोटरहेड मोटरसाइकल स्वरुम काठमाडौंको टेकुमा

भाद्र ३०, काठमाडौं । प्रतिष्ठित ब्राण्ड मोटरहेड मोटरसाइकलको ७ औं डिलरसिप इको इक्जीम नेपाल प्रा.लि. काठमाडौंको टेकुमा खुलेको छ । सोरुमको उद्घाटन मोटरहेड मोटरसाइकलको आधिकारिक बिक्रेता एस.एल.आर टेक्नो एण्ड ट्रेड कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरेले गरे।   

यस शोरुममा हाल ५ प्रकारका मोडलका मोटरसाइकल उपलब्ध रहेका छन् । जसमा टेक्कन २५० को ६ गियर र २२३ सिसि यस मोडलमा हाईडोलिक डिस्कब्रेक रहेको छ । जसको बजार मूल्य ३,७५,००० रहेको छ । स्पोर्ट २५० को ६ गियर र २२३ सिसि यस मोडलमा हाईडोलिक डिस्कब्रेक रहेको छ जसको बजार मूल्य ३,६५,००० तोकिएको छ । स्क्रयाम्बलर २५० मा ६ गियर र २२३ सिसि मोडलमा हाईडोलिक डिस्कब्रेक सहित यसको बजार मूल्य मूल्य ४,५०,००० रहेको छ । 

अर्को नयाँ मोडलमा एम एच २०० एक्स ६ गियर १९९ सिसि क्षमतामा रहेको छ जसको बजार मूल्य ३,७२,००० रहेको छ । त्यसै गरि एमएच १५० आरमा ५ गेयर सहित १४९ सिसि हाईडोलिक डिस्क ब्रेक रहेको छ । उक्त मोटरसाइकलका बजार मूल्य  मूल्य २,७८,००० रहेको छ । 

नेपालका प्रमुख शहरहरुमा उपलब्ध हुने यी मोडलका नयाँ मोटरसाइकल नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक बिक्रेता एस.एल.आर टेक्नो एण्ड ट्रेडले सार्वजनिक गरेको हो । मोटरहेडका प्रत्येक बाईकको खरिदमा निशुल्क थर्ड पार्टी इन्स्योरेन्स र एक वर्षको रोड ट्याक्स सहित हेल्मेट, टिसर्ट र बाईक कभर पाईने छ । साथमा स्क्र्याच एण्ड विन अन्तर्गत स्योर सट ५ हजार देखि २५ हजारसम्म नगद जित्न सकिने एस.एल.आर टेक्नो एण्ड ट्रेडका बिजनेश डेभलेपमेन्ट हेड साइमन रसाइलीले बताएका छन् ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *