८५ केजी सेफसँगै नगद चोरी गर्ने दुई पक्राउ

भाद्र ३१, काडमाडौँ । प्रहरीले भक्तपुरमा एक सहकारी संस्थाको करिब  ८५ किलोको फलामको सेफ तथा उक्त सेफ भित्रको करिब ८ लाख नगद चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । 

भक्तपुर पेप्सिकोला टाउन प्लानिङस्थित हर्षित बचत तथा ऋण सहकारी सस्थाको मुल ढोका फोरेर  फलामको ८५ किलोको बराबरको सेफ तथा उक्त सेफभित्र रहेको नगद र ७ लाख ८९ हजार ९ सय ९२ रूपैयाँ  चोर्ने दुई चोरलाई पक्राउ गरेको हो ।   

पक्राउ पर्नेमा रामेछापका १८ वर्षीय सुनिल थापामगर र २१ वर्षीय दानबहादुर थापा रहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।   

पक्राउ परेका उनीहरुको साथबाट  सेफ र ५३ हजार फेला पारिएको जनाएको छ ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *