ओपोको एनाइन २०२० आउँदैः ८ जीबी र्याम, ५ हजार एमएएच ब्याट्री र उत्कृष्ट क्यामेरा

भाद्र ३१, काठमाडौं । ओपोले ए सिरिज अन्तर्गत, जेन जी पुस्ताका लागि विशेष लक्षित नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “एनाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो । 

 एनाइन २०२० का साथै कम्पनीले सोही दिन “एफाइभ २०२०” पनि सार्वजनिक गर्ने जानकारी दिएको छ । सार्वजनिकको तयारीमा रहेका “एनाइन २०२०” र “एफाइभ २०२०” दूबै मध्यम वर्गिय स्मार्टफोन बजार लक्षित उत्पादनहरु हुन् । 

तथापी, अत्याधुनिक सुविधा तथा फिचर्स सम्मिलित यी दूबै फोनमा उत्कृष्ट फोटोग्राफी क्षमता, सुन्दर डिजाइन र लामो समय टिक्ने ब्याट्रीपनि उपलब्ध गरिएका छन् । फोटोग्राफीकालागि उत्कृष्ट क्यामेरा, बोक्दा प्रिमियम अनुभव दिन आकर्षक डिजाइन र निरन्तर लामो समयसम्म विना कुनै समस्या चलाउन सकिने ब्याट्री क्षमता सहितका यी दूबै फोनहरु उपभोक्तालाई एकै साथ समेट्ने सोचका साथ सार्वजनिक गर्न लागिएका हुन् । ओपो ए सिरिज २०२० ले बहुआयामिक उपभोक्ताका मागको सम्बोधन गर्नुका साथै जेनरेशन जी यूवावर्ग लक्षित छन् । 

ओपो विगत १० बर्षदेखि ओभरसिज बजारहरुमा सक्रिय छ । सन् २००९ मा पहिलो ए सिरज मोडल, ए १०० थाइल्याण्डमा सार्वजनिक गरिएदेखि नै यसको डिजाइन, फोटोग्राफी र ब्याट्री प्रविधिकालागि फोनले अतुलनिय मौखिक लोकप्रियता पाइरहेको छ । 

ओपो एनाइन २०२० मा उपलब्ध गरिएको ४८ एमपी अल्ट्रा-वाइड-एंगल क्वाड क्यामेराले हरेक किसिमका शुटिङ एंगल र परिस्थितीमा प्रयोगकर्ताका आवश्यकता पूरा गर्ने क्षमता राख्छन् । यसको क्यामेराले अल्ट्रा नाइट मोड २.०, अल्ट्रा वाइड फोटोग्राफी र आर्टिस्टिक पोट्रेट स्टाइलको पूर्ण रेञ्ज सपोर्ट गर्छ । त्यसैगरी, यसमा रहेको १६ एमपी फ्रण्ट क्यामेराले प्रयोगकर्तालाई ट्रेण्ड तथा तिनका ईच्छा अनुसार परिमार्जनमा सघाउन एआई ब्यूटिफिकेसन प्रविधिको पनि प्रयोग गर्छ । 

भिडियो शुटिङ पनि कम्पनीले उत्कृष्टता दिने प्रयास गरेको छ । यसमा रहेको फोरके भिडियो प्रविधिले सुदृढ ईफेक्ट्स मार्फत स्पष्ट भिडियो, अझ जीवन्त रंग तथा दृष्य सम्प्रेषणमा सघाउँछ । साथै, यसमा रहेको भिडियो स्टेबिलिटी प्रविधिमार्फत प्रयोगकर्ताले स्थिर र ब्यवसायिक देखिने भिडियो खिच्न सक्छन् । 

१९ घण्टासम्म लगातार मोबाइल प्रयोगको सुविधा दिने क्षमता सहितको यो फोनमा रहेको ५ हजार एमएएच ब्याट्रीले प्रयोगकर्तालाई लामो समय सम्म फोनको निरन्तर प्रयोग गर्न सघाउँछ । ओपोको ए सिरिजमा ठूलो र सुदृढ गुणस्तरिय आवाज दिने क्षमता सहितको डुअल स्टेरियो स्पिकर्स र रोमाञ्चक आवाज सम्प्रेषणका लागि डल्बि एट्मोस साउण्ड इफेक्ट पनि उपलब्ध गरिएको छ । यसले भिडियो, गेमिङ लगायत कार्यका लागि उत्कृष्ट अनुभव प्रदान गर्न सहयोग मिल्छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 14 =