मोटरसाइकलकाे ठक्करबाट महिलाको मृत्यु

भाद्र १५, चितवन ।  भरतपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।   

भरतपुर महानगरपालिका वडा नं २३ को कुमारीचोकमा ना२२प ४०३ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने ६० वर्षीया हरिकला विकलाई ठक्कर दिएको हो ।   

विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट मोटरसाइकलमा सवार पर्सा जिल्ला औरही–४ का सरेन्द्र चौधरी गम्भीर घाइते भएका छन् । 

Image result for महिलाको मृत्यु

चौधरीको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । रासस 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =