नवलपरासीमा ट्रक र कार ठाेक्किँदा ५ जनाकाे मृत्यु

  

असाेज ७, चितवन । नवलपरासीको कावासोतीमा ट्रक र कार ठोक्किदा ५ जनाको ज्यान गएको छ । कावासोती ८ को खरकट्टा जंगलमा राति सवा १० बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट जादै गरेको बा २१ च ६४०९ नम्बरको कार एकआपसमा ठोक्किएको हो । 

र्दुघटनामा परि कारमा सवार ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएका उनीहरुलाई उपचारको लागि भरतपुर अस्पताल पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । ट्रक सहित चालक प्रहरीको नियन्त्रणमा छ । मृत्यु हुनेहरूकाे परिचय नखुले पनि सबै जना पुरूष रहेकाे प्रहरीले जनाएकाे छ ।  

Image result for दुर्घटना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *