प्रतिनिधि सभाकाे बैठकमा देउवाको चेतावनी

असोज २, काठमाडौँ ।  विपक्षी दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभाको बिहीबारको तेश्रो बैठकमा बोल्दै धेरै दिन सम्म संसद बन्द हुने चेतावनी दिएका छन् ।   

प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन आज आगामी अधिवेशन सरकारका लागि सहज नहुने संकेत गर्दै सरकारले सरकारी कर्मचारी र सुरक्षा निकायलाई पार्टी कार्यकर्ता जस्तो बनाएको भन्दै यस्ता गतिविधि जारी राखे धेरै दिन संसद बन्द हुने चेतावनी दिएका हुन् । 

कांग्रेस सभापति देउवाले भने  ‘सरकारी कर्मचारी कुनै पनि पार्टीको कार्यकर्ता बन्ने र बनाउने कार्य अक्ष्यम्य अपराध हो’ , ‘म स्पष्ट रुपमा भन्न चाहन्छु, जनताले तिरेको ट्याक्सबाट तलब खाने, कुनै पार्टीको कार्यकर्ताजस्तो हुने कुनै हालतमा हुन सक्दैन, धेरै दिनसम्म रोष्टम बन्द हुन्छ ।’ 

Image result for देउवाको चेतावनी

देउवाले एकपछि अर्को गर्दै सरकार संविधान विरोध कार्य गर्न उद्धत रहेको आरोप  समेत लगाएका छन्। 

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति पृथकिकरण तथा शक्ति सन्तुलनको संबैधानिक व्यवस्था विपरित सरकारले न्यायपालिका माथि हस्तक्षेप गर्ने र व्यवस्थापिका संसदलाई खेलौना बनाउने काम गरेको उनको दाबी छ ।   

उनले सबै संवैधानिक निकायहरु स्वतन्त्र हुनुपर्नेमा सरकारले मानवअधिकार आयोग माथि नियन्त्रण गर्ने काम गरेको तथा सरकारका काम कारबाहीलाई निगरानी गर्ने स्वतन्त्र आयोगहरुलाई पनि नियन्त्रणमा राख्ने काम भएको जिकिर गरेका छन्। 

उनले  बाँकेमा  शान्तिपूर्ण रुपमा भेला हुँदा कांग्रेस नेताकार्यकर्तामाथि आक्रमण गरिएको बताए ।  उनले ती आक्रमणकारीहरुलाई कारबाही गराउन पनि संसद अवरुद्ध गर्नु  दुःखको कुरा रहेको बताएका छन् । 

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संविधानविपरीत सरकारले सञ्चार जगतलाई नियन्त्रण गर्ने, राजनीतिक आस्थाको आधारमा सरकारी सञ्चारमाध्यममा कार्यरतलाई हटाउने लगाय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने काम गरेको टिप्पणी समेत गरेका छन् ।   

  

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *