चितवनको रत्ननगरमा बजार अनुगमन

असोज ८, चितवन ।  पूर्वी चितवनको रत्ननगरमा बुधवार सयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख बिक्की राउतको नेतृत्वमा रत्ननगरमा रहेका होटल, रेस्टुरेन्ट, किराना पसलहरुको अनुगमन गरिएको हो ।  

अनुगमनका क्रममा होटल तथा रेस्टुरेन्टहरुले भान्सा व्यवस्थापन र सरसफाईमा सुधार गर्नु पर्ने पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउतले जानकारी दिए । 

बकुलहर स्थित भेजिडी लाईटमा म्याद गुज्रिएका पेय पदार्थ विक्रीका लागि राखिएको पाईएको थियो । टोलीले भेजिडी लाईटसहित हिमचुली मिष्ठान भण्डार,अन्नपूर्ण रेस्टुरेन्ट,जयश्री गणेश फ्रुट सेन्टर, नमस्ते हाम्रो पसल, मनकामना होटल, थकाली भान्छा घर, रेडविन्स, टिपिन बक्स एण्ड तन्दुरी,पवित्रा किराना स्टोर, माईमनकामना सप्लायर्स ,गोर्खाली तास घर लगायतका पसलहरुमा अनुगमन गरेको थियो ।  

किराना पसलहरुमा चकलेट र पेय पदार्थको म्याद गुज्रिएको पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख राउतले बताए । कमजोरी सुधार गर्न एक हप्ताको समय दिईएको छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय चितवन, घरेलु तथा साना उद्योग कार्यालय चितवन, रत्ननगर नगरपालिका, उपभोक्ता अधिकार संरक्षण मंचका प्रतिनिधी, प्रहरी र पत्रकारहरु सहभागी थिए । राउतले स्थानीय तहलाई वजार अनुगमनको अधिकार आएकाले स्थानीय सरकारका रुपमा रहेका नगरपालिकाहरु जिम्मेवार बन्नु पर्ने बताए । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *