नेपाल एयरलाइन्सले आजदेखि ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने

२०७६ असोज १ गते

असोज १, काठमाडौं । नेपाल एयरलाइन्सले आज (बुधबार) देखि ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेका थिए ।
मन्त्री भट्टराईको निर्णय बमोजिम आजदेखि लागु हुने गरी ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिन लागिएको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।

२०७६ असोज १ गते
प्रतिक्रिया
सम्बन्धित