डोल्मा इम्प्याक्ट फण्डको पाँचौं वार्षिकोत्सव सम्पन्न

असाेज १,काठमाडाैँ ।  नेपालमा लगानीको पाँच वर्ष पूरा गरेको उपलक्ष्यमा डोल्मा ग्रुपले एक कार्यक्रमको आयोजना गरेको छ। सो कार्यक्रममा डोल्मा कन्सलटीङ्ग तथा डि.एफ.आइ.डि. द्घारा समर्थित डोल्मा हिमालयन इनर्जीको पनि शुरुवात भएको छ। 

पाँच वर्षको कार्यकाल पूरा गरेका डोल्मा इम्प्याक्ट फण्ड नेपालको एकमात्र अन्तर्राष्ट्रिय प्राइभेट इक्विटी फण्ड हो। डोल्मा इम्प्याक्ट फण्डले दुईवटा हाइड्रोपावर परियोजना, दुईवटा सोलरपावर परियोजना, तीनवटा टेक्ननोलोजी कम्पनी तथा दुईवटा स्वास्थ सेवासंग सम्बन्धित कम्पनीमा लगानी गरेको छ, जसको फलस्वरुप पाँच हजार भन्दा बढी रोजगारी सिर्जना भएको छ । 

डोल्मा इम्प्याक्ट फण्ड, प्रोफेसर टिम गोचरद्घारा स्थापित डोल्मा ग्रुपको एक शाखाको रुपमा रहेको छ। डोल्मा इम्प्याक्ट फण्डले नेपालमा इम्प्याक्ट लगानी तथा प्राइभेट इक्विटी मार्केटको अगुवाइ गरेको छ र नेपालमा आर्थिक बृद्धी, उत्पादकत्व तथा रोजगारी सिर्जना माएफ.डि.आइ.को गहकिलो असर रहेको प्रो.गोचरले बताए । 

डोल्मा इम्प्याक्ट फण्डले नेपालमा अन्तर्राष्ट्रिय प्राइभेट इक्विटी लगानीको विश्वसनीय ट्रयाक रेकर्ड प्रदान गरेको छ, जसका आधारमा भविष्यमा नेपाललाई चाहिनेएफ.डि.आइ.को लागि पनि प्रोत्साहन हुने उनकाे भनाई छ।   

नेपालमा सफल रुपमा एफ.डि.आइ.भित्र्याउनलाई डोल्मा ग्रुपले हासिल गरेको विशेषज्ञताको पूरकका रुपमा डोल्मा कन्सलटीङ्गको शुरुवात भएको हो। डोल्मा कन्सलटीङ्गको प्रमुखका रुपमा म्यानेजिङ्ग डाइरेक्टर जोसेफ सिल्भान्स भने, जोस्टयाण्डर्डर चार्टडर बैंकका भूतपूर्व सि.इ.ओ. पनि रहेका थिए।  

उनका अनुसार नेपालको निजी क्षेत्रको स्तर सुधारिएको र हाल बैंक, कर्पोरेट सेक्टर तथा इन्फास्ट्रक्चरका परियोजनामा अन्तर्राष्ट्रिय पुँजीको माग रहेको छ। डोल्मा कन्सलटीङ्गले यस्ता अन्तर्राष्ट्रिय पुँजीको खोजी तथा परिचालनका लागि विभिन्न सेवाहरु प्रदान गर्दछ। नेपालका कम्पनीहरुलाई अन्तर्राष्ट्रिय इक्विटी, ऋण तथा मिश्रित वित्त खोजि गर्ने सेवाहरु डोल्मा कन्सलटीङ्गले प्रदान गर्दछ। 

डोल्मा ग्रुप अन्तर्गत डोल्मा इम्प्याक्ट फण्ड, डोल्मा हिमालयन इर्नजी , डोल्मा कन्सलटीङ्ग तथा डोल्मा फाउण्डेशन रहेका छन्। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 4 =