मृगौलारोगी रामकुमारी सिङ्गकलाई युकेबाट सहयोग

असोज ११ काठमाडौँ । सिङ्गक समाज युकेले मृगौला रोगी रामकुमारी सिङ्गक (अमृता) लाई १ लाख ११ हजार सहयोग प्रदान गरेको छ । शुक्रबार ललितपुरस्थीत सुमेरू अस्पतालमा सिङ्गक समाज, केन्द्रीय समितिका सचिव मीना सिङ्गकबाट विरामीलाई प्रदान गरिएको हो ।   

सहयोग प्रदान गर्दै सिङ्गक समाजकी सचिव मीना सिङ्गकले बिरामीको परिवारले कुनै सहयोगको आव्हान नगरेता पनि समाज आफैले बुझेर सहयोग गरेको बताइन् । सिङ्गक परिवारको छोरी ज्वाईलाई समेत सहयोग गर्दै आएको समाजले केही समयअगाडि छोरीचेली ज्वाई क्यान्सरपीडित भक्तराज खापुङलाई सिंगक समाज हङकङले सहयोग प्रदान गरेको थियो ।   

प्रेसरको विरामी रहेकी ४१ वर्षीय रामकुमारीको गत फागुनदेखी मृगौला फेल भएको हो । विरामीकी आमा पदमकुमारी यक्सोले विरामीबारे जानकारी दिँदै सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरेकी थिइन् । तीन सन्तानकी आमा रामकुमारीलाई आफ्नै श्रीमान याम मुसाहाङ लिम्बुले मृगौलादान गरेका थिए । मर्दा पनि सँगै मरौ, बाँच्दा पनि सँगै मरौ भनेरै मृगौलादान गरेको श्रीमान याम मुसाहाङले बताए ।   

null

विरामी रामकुमारी पनि सहयोग गर्नेहरूलाई धन्यवाद व्यक्त गरेकी थिइन् । तेह्रथुमको जलजले निवासी मुसाहाङ तथा सिङ्गक परिवार हाल धरानमा बस्दै आएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *