‘काण्डै काण्ड’ को बिमोचनमा देउवाको चेतावनी

असोज ६, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा आर्थिक चलखेल भएको अरोप लगाएका छन् ।   

उनले सोमबार राष्ट्रियसभा गृहमा नेविसंघका निवर्तमान अध्यक्ष एवम् युवा नेता नैनसिंह मरहद्वारा लिखित ‘काण्डै काण्ड’ पुस्तकको विमोचन कार्यक्रममा यस्तो आरोप लगाएका हुन् ।   

देउवाले बुढीगण्डकी जलविद्युत आयोजनाको काम पनि विना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको भन्दै आलोचना गर्दै यस्तो आरोप लगाएका हुन् ।   

उनले  ‘काण्डै काण्ड’ पुस्तकको  बिमोचन गर्दै पुस्तक धेरै राम्रो भएको बताएका छन् ।  सभापती देउवाले काँग्रेस महामन्त्री शशांक कोइरालाले पार्टीले गर्नुपर्ने काम महर गरेको भन्दै प्रसंशा गर्दै  भने, ‘काँग्रेसले गर्नुपर्ने काम नैनसिंह महरजीले गर्नुभएको छ । उहाँले काँग्रेसका लागि गर्नु भएको छ ।  उहाँबाट अब काँग्रेस बितेको २५ वर्षमा गरेका राम्रा कामबारे पनि पुस्तक लेख्नुहुनेछ भन्ने आशा छ । त्यसमा काँग्रेले के गर्यो भन्ने कुरा आउनेछ ।’ 

असोज ७ गते ७७ वटा जिल्ला सरकार विरुद्ध प्रदर्शन गर्ने पूर्वनिधारित कार्यक्रममा पुस्तक पुर्याउने कार्य भइरहको यस  पुस्तकमा वर्तमान सरकारले आफ्नो १८ महिने अवधिमा गरेका ५५ वटा काण्डको उल्लेख गरिएकाे बताइएकाे छ ।   

जसमा सुनकाण्ड, सिण्डिकेट काण्ड, अस्पतालमा गोलीकाण्ड, निर्मला हत्याकाण्ड, सन्नी खुना काण्ड, उपकुलपति काण्ड, होली वाइन काण्ड, वाइडबडी र न्यारोबडी काण्ड, बालुवाटार काण्ड, गुठी काण्डलसहित १८ वटा काण्डलाई प्रमुख रुपमा समेटिएको छ ।   

देउवाले उक्त कार्यक्रममा  सरकारले शून्य सहनशीलताको कुरा गरेर मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबाएको दावी  समेत गरेका छन् ।  उनले प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गर्ने काम गरिरहेको उल्लेख गर्दे सैह्य नहुने चेतावनी  दिएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *