रत्ननगरमा कविता वाचन प्रतियोगिता

असोज ३, चितवन । साहित्यिक कार्यक्रम विरलै हुने रत्ननगरमा शुक्रबार कविता वाचन प्रतियोगिता गरिएको छ ।
रत्ननगर रोटरी पुस्तकालय र रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा भएको प्रतियोगितामा यमुना न्यौपाने प्रथम भएकी छिन् । संगम संयोग द्धितिय हुँदा मिरा तिमल्सीनाले तेश्रो स्थान हाँसिल गरेको प्रतियोगिता संयोजक एवंम् रत्ननगर उद्योग वाणिज्य संघका सदस्य उपेन्द्र आचार्यले जानकारी दिए ।
प्रथम हुनेले नगद ५ हजार, द्धितिय हुनेले नगद ४ हजार र तृतिय हुनेले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको संयोजक आचार्यले बताए ।

संविधान दिवसको अवसर पारेर कविता वाचन प्रतियोगितासँगै वरिष्ठ कविहरुको कविता वाचन समेत आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश साँसद कृष्ण प्रसाद खनालले साहित्यबाट पनि देशमा परिवर्तनका लागि कलम निरन्तर चलाउन आग्रह गरे । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरु इन्द्रराज रेग्मी, रामबाबु घिमिरे, संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।








