खैरहनीमा १३ करोडको शीत भण्डार बन्दै

भदौ ३१, चितवन । चितवनको खैरहनी नगरपालिका–९ सुर्तनीमा निर्माण गर्न लागिएको शीत भण्डारको शिलान्यास गरिएको छ ।   

३ नम्बर प्रदेश सरकार, खैरहनी नगरपालिका र नगरभित्र रहेका सहकारीहरुको संयुक्त लगानीमा शीत भण्डार निर्माण गर्न लागिएको हो ।   

कुल लागतमा प्रदेश सरकारको ७० प्रतिशत र खैरहनी नगरपालिका तथा नगरभित्र रहेका सहकारीहरुको ३० प्रतिशत लगानीमा शीत भण्डार निर्माण हुने खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले जानकारी दिए ।   

१३ करोडको लगानीमा आगामी असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माणका लागि इजी इन्फा प्रालिले ठेक्का पाएको छ । शीत भण्डारका लागि चालु आर्थिक वर्षमा खैरहनी नगरपालिकाले १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिसकेको छ । पूर्वी चितवनको चार वटा नगरपालिकालाई लक्षित गर्दै खैरहनीमा शीत भण्डार निर्माण गर्न लागिएको खैरहनीका प्रमुख चौधरीले बताए ।   

मंगलबार एक समारोहका बीच ३ नम्बर प्रदेशका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले शिलान्यास गरे । मन्त्री लामाका अनुसार प्रदेशको प्रत्येक जिल्लामा शीत भण्डार गर्ने योजना अनुसार चितवनको खैरहनीमा निर्माण गर्न लागिएको हो ।   

शीत भण्डार भवनको शिलान्यास गर्दै कृषि मन्त्री लामाले कृषिलाई व्यवसायिकरण गराउन शीत भण्डार कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे । शीत भण्डारमा कृषि उपज राखे वापत किसानल केही शुल्क तिर्नुपर्ने र त्यहाँबाट भएको आम्दानी किसानले पाउने मन्त्री लामाको दावी छ । सो अवसरमा मन्त्री लामाले समयमै गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *