वडाध्यक्ष गुरुङको निधन

असोज ४, चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुरमान गुरुङको निधन भएको छ ।   

क्यान्सरका बिरामी गुरुङको उपचारकै क्रममा शनिबार बिहान निधन भएको हो । क्यान्सरका बिरामी भए पनि किड्नीको डायलासिस गर्ने क्रममा पुरानो मेडिकल कलेजमा बिहान पौने ११ बजे उनको निधन भएको हो ।   

स्थानीय निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *