१४ जहाजमध्ये ६ वटा उडछन्, प्रधानमन्त्रीको प्रश्न –जहाज किनेर लडाउन ल्याएको कि ठाउँ ओगट्न ?

असोज ८, काठमाडौँ ।  विमानस्थलभरि नेपाली ध्वजावाहक जहाज देखेपछि एकपटक प्रधानमन्त्रीले सहयात्री साथीलाई सोधेछन्, ‘नेपाल वायुसेवा निगमसँग निकै धेरै जहाज पो रहेछन्।’ 

ती साथीले भनेछन्, ‘ठीक भन्नुभयो प्रधानमन्त्रीज्यू, जहाज थुप्रै छन्। उड्दैनन् र यहाँ धेरै देखिएका छन्। मैदानभरि छन्। वाइडबडी पनि छन्। तर, जमिनमा छन्। आकाशमा छैनन्।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीले निगम दिवसमा यो प्रसंग सुनाउँदा त्यही संस्थाका कर्मचारीले परर्र ताली बजाए। जुलाई १ मा त्यसो भनेको तीन महिना बित्न लाग्यो, थन्किएका जहाज उडेनन्। बरु उडिरहेका थप थन्किए। सुन्दै अचम्म १ निगमसँग १४ जहाज छन्, उड्छन् ६ वटा। बाँकी सबै प्रधानमन्त्रीले भनेजस्तै ‘जमिनमा छन्।’ 

null

प्रायः ग्राउन्डेड 

बेलामा मर्मत नगरी ठूलो समस्या निम्त्याएर थन्क्याउनु निगमको पुरानो रोग हो। अन्तर्राष्ट्रिय उडानको वाइडबडी एक सातादेखि ग्राउन्डेड छ। बन्न केही दिन लाग्न सक्छ। बोइङ ७५७ एक वर्षदेखि ‘कुवाएर’ राखिएको छ। बिक्री गर्न चाहे पनि बिकेको छैन। दुईमध्ये अर्को बोइङ भने बीबी एयरवेजलाई बिक्री गरिसकेको छ। 

आन्तरिकतर्फ नौ जहाज छन्, तीनवटा मात्रै उडानमा छन्। निगमले सबैभन्दा साख बिगारेको क्षेत्र आन्तरिक हो। तिनमा ट्विनअटर तीन, चिनियाँ वाई १२ ई चार र एमए ६० दुइटा छन्। तीमध्ये ट्विनअटर, वाई १२ र एमए ६० का एक÷एकवटाले मात्रै नियमित उडान गरिरहेको जानकारी प्रवक्ता गणेशबहादुर चन्दले दिए। 

निगमले चीनबाट अनुदानमा ल्याएको एक र खरिद गरेको अर्को एक एमए ६० जहाजमध्ये एउटा मात्रै उड्ने गरेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 3 =