भिसा अवधि सकियो तर कामदार नेपाल फर्कन पाएनन्

भदौ १५, काठमाडौँ । यूएइस्थित एड्भान्स मानेजमेन्ट सर्भिसेज कम्पनीले करार अवधि सकिइसकेका ६९ नेपालीलाई स्वदेश पठाइएको छैन । कम्पनीले भिषा रद्द गर्न नसक्दा कामदार फर्कन नपाएका हुन् । 

आफूहरुलाई तीन महिनादेखि स्वदेश नपठाई क्याम्पमै राखिएको पीडित नेपाली कामदार बताउँछन् । उनीहरुलाई काममा समेत लगाइएको छैन । ‘हाम्रो काम छैन । घर पनि पठाइएको छैन । त्यतिकै थन्किएर बस्नुपरेको छ । दार्चुलाका कुष्णसिंह कोटारीले भने, ‘करार अवधि सकिएको पनि दुई महिना बितिसक्यो ।’ सबै कामदारको भिसा अवधि समाप्त भइसकेको उनले बताए l 

यो समाचार आजको कान्तिपुर दैनिकमा छापिाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *