सौहार्द सहकारीको अध्यक्षमा नेपाल

असोज १२, चितवन ।  रत्ननगर नगरपालिका २ टाँडी स्थित सौहार्द वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा चन्द्र प्रसाद नेपाल चयन भएका छन् । संस्थाको आईतवार भएको १० औं वार्षिक साधारण सभा तथा चौथौ अधिवेशनले नेपालको अध्यक्षतामा आगामी ४ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

 समितिको उपाध्यक्षमा जनार्दन सिम्खडा, सचिवमा निरज रेग्मी, कोषाध्यक्षमा वेद प्रसाद पौडेल चयन भएको संस्थाका व्यवस्थापक भरत प्रसाद पौडेलले जानकारी दिए । सदस्यहरुमा सुजन भट्ट,अम्विका अर्याल, गंगा कुमार सापकोटा, सिता कडेंल, कविता पौडेल चयन भएका छन् । 

अधिवेशनले लेखा समिति पनि चयन गरेको छ । समितिको संयोजकमा इश्वर प्रसाद खनाल र सदस्यहरुमा इन्दिरा कुमारी न्यौपाने र पद्मनारायण पौडेल चयन भएका संस्थाका व्यवस्थापक पौडेलले बताए । साधारण सभामा उत्कृष्ठ १० जना ऋणी, उत्कृष्ठ १० जना वचतकर्ता, शेयर सदस्यका २ जना विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै सर्वोत्कृष्ट कर्मचारीमा व्यवस्थापक भरत पौडेल, उत्कृष्टमा विमला वसेल र अनुसासितमा सरिक्षा चौधरीलाई सम्मान गरिएको थियो ।  

कार्यक्रमका प्रमुख अतिथी जिल्ला सहकारी संघ चितवनका अध्यक्ष टिकाराम भट्टराई र संस्थाका निवर्तमान अध्यक्ष जीवनाथ वाग्लेले उनीहरुलाई सम्मान तथा पुरस्कृत गरेका थिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *