रिलायन्स लाईफ इन्स्योरेन्स र खल्ती डिजिटल वालेट बीचसम्झौता

 

साउन २६, काठमाडौँ । रिलायन्स लाईफइन्स्योरेन्स लिमिटेड र खल्ती डिजिटल वालेटबीच डिजिटल माध्यम मार्फत बीमा शुल्क भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता सम्पन्न भएको छ । 

सम्झौता पछि रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्तीवालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्नेछन् । 

null

उक्त सम्झौताको बारेमा बोल्दै रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भने,“हामीले नेपालमा जीवन बीमा सेवालार्ई पुर्नपरिभाषित गर्न खोज्दैछौँ । खल्तीसँग यस प्रकारको सहकार्य गरी बीमा शुल्कको डिजिटल भुक्तानी सेवा सुरु गर्न पाउँदा हामी उत्साहित छौँ । अब रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकहरुले खल्ती एप प्रयोग गरेर आफ्नो मोबाईलबाट सिधैं बीमा शुल्क तिर्न सक्नुहुन्छ । डिजिटल माध्यमबाट यसरी बीमा शुल्क तिर्दा ग्राहकहरुको सजिलै अनलाईन रेकर्ड रहने हुँदा अनियमितता रोक्न पनि मद्दत पुर्याउँछ । डिजिटल भुक्तानी सेवाले ग्राहकहरुलाई सुविधा पुर्याउनुका साथै इन्स्योरेन्स उद्योगलाई पनि फाइदा पुर्याउने कुरामा हामी विश्वस्त छौँ ।” 

त्यस्तै, खल्ती मार्फत जीवन बीमाको भुक्तानी सेवा सुचारु गर्न लागेको अवसरमा खल्तीका प्रवन्ध निर्देशक मनिष मोदीले भने, “हामी रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकहरुलेआफ्नो बीमा शुल्क भुक्तानी गर्न इन्स्योरेन्स कम्पनीको अफिस वा बैंक धाइराख्नु पर्दैन । उहाँहरुलेआफ्नो मोबाईलमा खल्ती एप इन्स्टल गरी सजिलै बीमा शुल्क भुक्तानी गर्न सक्नुहुनेछ । नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवातहो । यो पार्टनर शिप सँगै हामीले नगद पैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।” 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *