किर्गिस्तानमा हुने प्रतियोगितामा नेपाली महिला फुटबल टोलीले खेल्दै

 

साउन २९, काठमाडौँ । आगामी सेप्टेम्बर ६ देखि १३ तारिखसम्म किर्गिस्तानमा हुने नादेज्दा कप फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पनि खेल्ने भएको छ । 

चार देशको सहभागिता हुने प्रतियोगितामा आयोजक किर्गिस्तानसँगै नेपाल, उब्जेकिस्तान र ताजिकिस्तान रहने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । 

null

एन्फाका अनुसार खेलाडीलाई म्याच एक्सपोजरको रुपमा यो प्रतियोगितामा सहभागी गराइएको हो । नजिकिदै गरेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा राम्रो प्रदर्शन गर्ने उद्देश्ये यो प्रतियोगिता नेपाली खेलाडीलाई सहभागी गराइएको एन्फाले जनाएको छ l 

आगामी डिसेम्बर १ देखि १० तारिखसम्म साग खेलकुद प्रतयोगिता नेपालमा हुँदैछ । फाइल तस्बिर 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eleven =