२३ औं इक्यान डे मा पूर्वकर्मचारीका परिवारलाई ९ लाख

भाद्र १४, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले २३ औं बार्षिकोत्सव (इक्यान डे) सम्पन्न गरेको छ । हिजो १३ गते विभिन्न कार्यक्रम गरि इक्यानले २३ औं बार्षिकोत्सव मनाएको हो ।
शैक्षिक परामर्श क्षेत्रलाई ब्यवस्थित र मर्यादीत बनाउने सवालमा इक्यानले काम गरिरहेको इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले बताए । यसका लागि इक्यानले विभिन्न ब्यवसायीक तालिम सँगै सकारात्मक कृयाकलाप र सामाजिक काम गर्दै आइरहेको छ ।
इक्यानले २३ औं बार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका सफल ब्यक्तित्वलाई बोलाएर कार्यक्रम गरेका थियो । होटल याक एण्ड यतीमा साँझ आयोजित कार्यक्रममा बैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मराज भुषाल, टुटल’का सहसंथापक तथा सीइओ शिक्षित भट्ट र कलाकार सन्दिप क्षेत्री तथा उत्प्रेरक बक्ता अन्जित आचार्यले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा इक्यानका कार्यसमितिका पदाधिकारी सहित साधारण सदस्य र शैक्षिक परामर्श ब्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा इक्यानले मृत्युभएका आफ्ना पूर्वकर्मचारी विवस प्रसाईको परिवारलाई ९ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो । भने व्रिटीस कलेजसँग पिटिइको सम्झौता समेत गरेको छ ।








