दक्षिण अफ्रिकाका बलर डेल स्टेनले लिए टेस्टबाट सन्यास

 

साउन २१, काठमाडौं । दक्षिण अफ्रिकाका बलर डेल स्टेनले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । 

तीब्र गतिका बलर ३६ वर्षीय डेल स्टेनले ९३ टेस्टमा ४ सय ३९ विकेट लिएका छन् । जुन दक्षिण अफ्रिकी बलरको सर्वाधिक टेस्ट विकेट हो । 

null

सन्यास लिँदै स्टेनले भनेका छन्, ‘आज म आफूलाई सबैभन्दा मनपर्ने क्रिकेट फम्र्याट टेस्टबाट बिदा लिँदै छु, मेरो विचारमा क्रिकेटको सबैभन्दा राम्रो पक्ष नै टेस्ट क्रिकेट हो । मानसिक, शारीरिक र भावानात्मक रुपमा नै टेस्टमा जोडिइन्छ ।’ 

टेस्टबाट सन्यास लिएका स्टेनले एकदिवसीय र टी–२० भने खेल्ने छन् । उनले भने, ‘अब अर्को टेस्टमा म खेल्ने छैन भन्ने घोषणा दुःखद कुरा नै हो । मेरो ध्यान अब एकदिवसीय र टी–२० क्रिकेटमा हुने छ ।’ 

२००८ देखि २०१४ सम्मको समयमा स्टेन टेस्ट क्रिकेटको नम्बर वान बलरमा २ सय ६३ हप्तासम्म रहेका थिए । उनले आईसीसी टेस्ट क्रिकेटर अफ दि इयरको अवार्ड २००८ मा नै जितेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =