चितवनको कालिका नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा आगजनी

भदौ ९, चितवन । चितवनको कालिका नगरपालिका वडा नं ७ को कार्यालयमा  अज्ञात समूहले आगजनी गरेको छ । आगलागी बाट कार्यालयमा सामान्य क्षति भएको छ । कालिका ७ का वडा अध्यक्ष डिल्लीराम दुवाडीले कसले र के कारणले आगजनी गरेको भन्ने थाहा हुन नसकेको बताए ।   

आइतबार राति आगजनी गरेको भएपनि स्थनीयले बिहान मात्र थाहा पाएर  प्रहरीलाई खबर गरेका हुन् । करिब एक महिनाअघि कालिका नगरपालिका वडा नम्बर ३ को कार्यालयमा पनि अज्ञात समूहले आगजनी गरिएको थियो ।  

बिहीबार राति राप्ती ११ तथा शनिबार राति रत्ननगर १२ को वडा कार्यालयमा आगजनि गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *